\
राजनीतिहेडलाइन

ओलीले स्पष्टीकरण सोधेपछि खनाल-नेपाल समूहले बोलायो संसदहरुको आकस्मिक बैठक

काठमाडौं । नेकपा (एमाले) ले पार्टीका नेता माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेपछि खनाल-नेपाल समूहले आफ्नो समूहका साँंसदहरुको बैठक बोलाएको छ ।

बैठक नयाँ बानेश्वरको अर्याल होटलमा जारी रहेको एक नेताले जानकारी दिए । उनका अनुसार खनाल-नेपाल समूहका काठमाडौमा भएका सांसद तथा केन्द्रीय सदस्यहरु सहभागी छन् ।

पार्टीको आज बसेको केन्द्रीय महाविधेशन आयोजक कमिटीले पार्टी गतिविधि र संसदीय दलको अनुशासन उल्लघङ्न गरेका आरोपमा २७ सङ्घीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको हो ।

यो पनि पढ्नुहोस्

एमालेका माधव नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण

Leave a Reply