चुनावमा बम हान्ने बादललाई गृहमन्त्री बनाएर ठुलो गल्ती गरे : प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७० को चुनावमा बम हान्नेहरुलाई आफूले गृहमन्त्री बनाएर गल्ति गरेको बताएका छन्। उनले चुनावमा बम हान्नेहरुलाई मैले गृहमन्त्री बनाएर आफूबाट गल्ती भएको भन्दै आत्म आलोचना गरेका छन् । प्रचण्डले दुःख कष्ट गरेका तथा नेतृत्वलाई बचाउने नेता कार्यकर्ता ओझेलमा परेको र जाली फटाहहरुले महत्व पाएको स्वीकार गरे ।
‘मलाई गद्दार भन्ने, २०७० को चुनावमा बम हान्नेहरुलाई मैले गृहमन्त्री बनाएँ, स्थायी कमिटीमा लगेँ । शायद मैले गल्ती गरेँ ।’ प्रचण्डले भने, “गल्ती भयो । साझा सिधा, शहीद तथा घाइतेका परिवार ओझेलमा परे जस्तो, जाली पटाहबाट हेडक्र्वाटर घेरिए जस्तो भयो ।”