दु:खिद हुँदै अध्यक्ष कमल थापाले लेखे मनछुने स्टाटस
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली सेनाका पूर्व प्रधानसेनापति अर्जुन नरसिंह राणाको दु:खद निधन भएकोमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।
एक स्टाटस लेख्दै थापाले भनेका छन्, “नेपाली सेनाका पूर्व प्रधानसेनापति अर्जुन नरसिंह राणाको दु:खद निधन भएकोमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु। स्व.राणा एक असल व्यक्ति तथा निर्भिक र कर्तव्यपरायण सैनिक अधिकृत हुनुहुन्थ्यो।”