\
मुख्य समाचारराजनीति

गोकुल बास्कोटाले झलनाथ खनाल-माधव नेपाललाई गरे यत्तिठूलो उपहास

काठमाडौँ । चर्चित पूर्व संचारमन्त्री तथा नेकपा एमालेको ओली समूहका सांसद गोकुल बास्कोटाले खनाल-नेपाल समूहलाई तीखो शब्दरुपी बाण प्रहार गरेका छन् ।

आज आइतबार साँझ सामाजिक संजाल ट्वीटरमा लेख्दै बाँस्कोटाले न पार्टीको नाम न चुनाव चिन्ह उसै एमाले मेरो रे ? भनेर दावी गर्ने खनाल-नेपाल समूहलाई प्रश्न गरेका छन् ।

उनले दुई महिना अघि सूर्य चिन्ह नपाए देशमा कायामत गर्ने प्रचण्ड घोषणा र दुई महिना पछि एमाले विस्तार र सुदृढ गर्ने महाझेली (माधव-झलनाथ) गुटको करामत उस्तै हुने हो भनेर टिप्पणी गरेका छन् ।

उनले खनाल-नेपाल समूहलाई सोझै प्रचण्डसँग एकता गरे हुने भन्दै गाईलाई घाँस हजुर भैसीलाई कुनौरो, तल्लो बाटो हजुर हामीलाई घुमाउरो भनेर व्यंग गरेका छन् ।

Leave a Reply