\
राजनीतिहेडलाइन

गृहमन्त्रीको नेतृत्वमा थरुहट आन्दोलनकारीसँग वार्ता गर्न सरकारी टोली गठन

काठमाडौं । नेपाल सरकारले रेशम चौधरी लगायतका बन्दीहरुको रिहाईको माग गर्दै आन्दोलनरत थरुहट आन्दोलनकारीसँग वार्ता गर्न गृहमन्त्री रामवहादुर थापा ‘बादल’को संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।

उक्त सरकारी वार्ता टोलीमा गृहमन्त्री थापा संयोजकसहित प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्यहरु रहेका छन् ।

आज सोमबार मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गर्न साेमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो जानकारी दिएका हुन् । मन्त्री गुरुङका अनुसार आजै थारु कल्याणकारी सभासँग वार्ता हुनेछ ।

थारु कल्याणकारी सभा, थरुहट-थारुवान संयुक्त संघर्ष समितिले चरणबद्ध आन्दोलन गर्दै आएको छ । गृहमन्त्री थापाले चैत १२ गते माइतीघरस्थित धर्ना स्थलमा पुगेर वार्तामा आउन आग्रह गरेका थिए ।

गृहमन्त्रीको नेतृत्वमा थरुहट आन्दोलनकारीसँग वार्ता गर्न सरकारी टोली गठन

Leave a Reply