नवनियुक्त मन्त्रीहरुले लिए शपथ
काठमाडौं । अन्तत: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री राईले आज मात्र मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
मुख्यमन्त्री राईले माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका टंक आङबोहाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, नेपाल समूह छाडेर ओलीतिर लागेकी उषाकला राई सामाजिक विकास मन्त्राल, राम रानालाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङलाई पनि मन्त्रीको जिम्मेवारी दिइएको छ ।
कला घलेलाई कृषि र राजकुमार ओझालाई राज्यमन्त्री जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरुले शपथ खाएका छन् ।