नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक चैत २० गते बस्ने
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी चैत २० गते बस्ने भएको छ । समसामयिक विषयमा छलफलका लागि २० गते शुक्रबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको हो ।
आज बिहीबार मुख्य सचिव पौडेल जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ चैत्र २० गते शुक्रबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’