शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउने व्यक्तिले प्रतिशोधको भावना लिए देश कहाँ पुग्छ ? भन्दै प्रश्न गरेका छन् ।
प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पुनले भने, “उहाँले राम्रा काम गर्ने हो । राम्रा र असल काम गर्दा नै जनता उहाँको पछि लाग्छन् । यदि उहाँले भनेकै मान्छे खराब हो भने जनताले तिरस्कार गर्छ । किनारा लगाउँछ । अनि उनलाई केही गर्नै पर्दैन् नि ? अनि मान्छेलाई प्रहरी लाउँछु, राज्य लाउँछु, अख्तियार लाउँछु, अर्को लगाउँछु, भनेर त्यसरी चल्छ आधुनिक राज्य ?”
पुनले ओलीलाई दिएको समर्थन फिर्ता हुने, देउवालाई प्रधानमन्त्री बनाउने सहमति भएको दावी समेत गरेका छन्।