\
मुख्य समाचारराजनीति

एनजिओदेखि गोकुल बास्कोटा भए रिसले आगो, यत्तिसम्म लेख्न भ्याए

काठमाडौँ । चर्चित पूर्व संचारमन्त्री तथा नेकपा एमालेको ओली समूहका संसद गोकुल बास्कोटा एनजिओदेखि रिसले आगो भएका छ । प्रसंग हो बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि लाखौं रुखहरु कटान गर्नुपर्ने देखिएपछि वातावरणीय मूल्यांकनको कुरा गरेर विमानस्थल बन्न अवरोध गर्दै आएका एनजिओका पदाधिकारीहरुदेखि बास्कोटा आक्रोश भएका हुन् ।

आज शनिबार सामाजिक संजाल ट्वीटरमा लेख्दै बाँस्कोटाले निजगढ एअरपोर्ट नबनाउनका लागि दवाव दिन आन्दोलनमा उत्रिएका व्यक्तिहरु एनजिओका मान्छे भएको भन्दै उनीहरुले अहिलेसम्मकै कडा व्यंग गर्दै चोटिलो प्रहार गरेका छन् ।

उनले युवाहरुले वनको महत्व बुझ्नु राम्रो भएको बताएका छन् । तर, विकासका काममा एनजिओको एजेण्डा बोकेर आउनु सही नभएको उनले उल्लेख गरेका हुन् । हुनपनि देशको विकासको लागि भनेर दर्ता भएका एनजिओको नाममा कलंक भएर अनेक एजेण्डा उठाएर विकासको काममा अवरोध गर्नु एकदम बेठिक हो ।

उनले लेखेका छन्, ‘फँणिल,जामुनु र क्यामुनु,बयर र पानीअमलाकाे रुख र झ्याङ नदेखेकाले वनकाे महत्व बुझ्नु राम्रो हाे।त्यति जाबो कुरा भन्न एक हेक्टर खर्कमा भाेटे टिम्बुर र चुत्रो खेती गर्न पुग्ने खर्च प्रदर्शनी तालिम कै लागि गरेछन । आँखाभरि अमेरिका देख्नेले एअरपाेर्ट नबना रे । विचरा ! एनजिओका विकास दुःख ।’

Leave a Reply