\
कर्णाली प्रदेशमुख्य समाचारराजनीति

प्रचण्डलाई यतिठुलो चटारो: एमालेले फिर्ता लियो कर्णाली प्रदेशलाई दिएको समर्थन

काठमाडौं । बुधबार दिउँसो १ बजे बसेको एमाले संसदीय दलको बैठकले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपा एमालेले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

बैठकले मन्त्री बनेका एमालेका सांसदहरुलाई ५ दिनभित्र फिर्ता बोलाउने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारमा एमालेबाट प्रकाश ज्वाला, दल रावल र नन्दसिंह बुढा रहेका छन् ।

Leave a Reply