\
राजनीति

माओवादी केन्द्रले मन्त्रीबाट फिर्ता बोलाएपछि मन्त्री मणिचन्द्र थापाले दिए यस्तो कडा प्रतिक्रिया

काठमाडौं । खानेपानी तथा सरसफाईमन्त्री मणिचन्द्र थापाले आफू कुनैपनि हालतमा अब नेकपा (माओवादी केन्द्र) मा नफर्किने दावी गरेका छन् ।

थापाले आफूलाई नेकपा माओवादी केन्द्रबाट मन्त्री नबनाईएको भन्दै भने,‘पहिले त हामीलाई माओवादी केन्द्रबाट मन्त्री बनाइएको होईन । हामीलाई नेकपाले मन्त्री बनाएको हो । त्यसकारणले माओवादी केन्द्रले मन्त्रीबाट फिर्ताको कुरा गर्नु हाँस्यात्मक कुरा हो ।’

नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् ।

Leave a Reply