\
राजनीति

देउवा र पौडेललाई राजनीतिवाट बिश्राम लिन आग्रह गर्दै गगन थापा सभापति बन्ने तयारीमा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्तर नभएको टिप्पणी गरेका छन्। नेता थापाले ओलीले मनपरी सरकार चलाएको आरोप लगाए। ओलीले आफ्नो मनले चाहे अनुसार सरकार चलाएर नेपाली जनताको लागि केहि काम गर्न नसकेको थापाले आरोप लगाए।

योहो टेलिभिजनवाट प्रसारण हुने एक कार्यक्रममा बोल्दै थापाले काँग्रेसकै नेतृत्वमा सरकार बनाएर ‘अर्ली’ निर्वाचनमा जान सबैलाई आग्रह गरेका छन् । नेता थापाले सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई राजनीतिवाट बिश्राम लिन आग्रह गरेका छन्। थापाले पार्टीको केहि पंतिका नेताहरुले बिश्राम लिएर युवालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन्।

Leave a Reply