\
Bannerराजनीति

नेत्रविक्रम चन्द विप्लवले हिंसा छोड्यो, पक्राउ परेका सम्पूर्ण बन्दी रिहाई गरिने

काठमाडौं । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि नेकपा विप्लव समूहले हिंसा छोडेको छ । सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको छ ।

सहमतिसँगै पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति भएको छ । नेकपा विप्लव समूह आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्न तयार भएको वार्ता टोली सदस्य भट्टराईले जानकारी दिए ।

वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।

Leave a Reply