\
राजनीतिहेडलाइन

एकैदिन सरकार-विप्लवबीच दुई पटक वार्ता : छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा

काठमाडौँ । नेपाल सरकार र प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीबीच आज एकैदिन दुई पटक वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको थियो भने दोस्रो चरणको वार्ता आजै बुधबार साँझ भएको हो ।

सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले सामाजिक संजालमा लेख्दै छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा भएको बताए । सरकार र विप्लव समूहबीच बुधबार दोस्रो चरणको वार्ता पनि सकिएको हो ।

उनले भने, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो । वार्ता बिषय केन्द्रीत रह्यो । दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।

यो पनि पढ्नुहोस्

सरकार र विप्लव समूहबीच पहिलो चरणको औपचारिक वार्ता सकियो

विप्लवको समूहबाट सरकारसँग वार्ता गर्न प्रकाण्डसहित २ सदस्यीय टोली गठन

सरकारद्वारा विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्री थापाको नेतृत्वमा २ सदस्यीय टोली गठन

Leave a Reply