\
मुख्य समाचारराजनीति

भीम रावलले खुलासा गरे प्रधानमन्त्रीले आफुलाई सुरक्षा खतरा भन्नुका कारणहरु

काठमाडौँ। राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सुरक्षा खतरा भन्नुका सम्भावित कारणहरुवारे खुलासा गरेका छन् । सामाजिक संजाल ट्वीटरमा आज पोष्ट गर्दै उनले यस्तो खुलासा गरेका हुन् ।

सर्वोच्च अदालतको फैसलापछि झरेको साख बचाउन जनसहानुभूति बटुल्ने, प्रधानमन्त्री नै असुरक्षित भन्ने आवरणमा जनाधिकार कुण्ठित गर्न स्वेच्छाचारी काम गर्ने, अरू कसैमाथि हमला गराउन वातावरण बनाउने ओलीको रणनीति भएको उनले बताएका छन् ।

तर यसले प्रधानमन्त्रीको अयोग्यता र गैरजिम्मेवारपन नै देखाउँने उनले टिप्पणी गरेका छन् । आफूलाई सुरक्षा खतरा छ भनेका प्रधानमन्त्री ओली आज झापा जिल्लाको दौडाहामा रहेकोबेला रावलको यस्तो धारणा आएको हो ।

Leave a Reply