\
मुख्य समाचारराजनीति

विप्लव समूहको पनि छिट्टै वार्ता टोली सार्वजनिक हुने

काठमाडौँ । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीको पनि छिट्टै वार्ता टोली सार्वजनिक हुने र छलफल अघि बढ्ने बताएका छन् ।

केही बेरअघि ‘विप्लव’ नेतृत्वकाे नेकपार्टीसँग सरकारले वार्ता गर्न दुई सदस्यीय वार्ता समिति गठन गरेको प्रेस विज्ञप्ति जारी गर्दै उनले सो कुरा बताएका हुन् ।

सरकारको तर्फवाट वार्ता समितिका संयाेजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ रहेका छन् भने सदस्यमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका छन् ।

वार्ताका माध्यमबाट नै समस्या समाधान गर्ने नेपाल सरकारको निर्णयानुरुप गृहमन्त्री रामबहादुर थापाका संयोजकत्वमा वार्ता टोली आज गठन गरिएको हो ।

 

संचार मन्त्री पार्वत गुरुङद्वारा सरकार विप्लव वार्ता टोली गठन प्रेस विज्ञप्ति

यो पनि पढ्नुहोस्

सरकारद्वारा विप्लव नेतृत्वकाे नेकपासँग वार्ता गर्न दुई सदस्यीय वार्ता समिति गठन

Leave a Reply