गोकुल बास्कोटाले प्रचण्डको समूहलाई दिए नयाँ नाम – ‘नेपाल कम्फरटेबल पार्टी’
काठमाडौँ । पूर्वसंचार मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहका नेता गोकुल बास्कोटाले प्रचण्ड-नेपाल समूहको नेकपालाई नेपाल कम्फरटेबल पार्टीको संज्ञा दिएर कटाक्ष गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा आज गत शनिवार एक ट्वीट गर्दै उनले नेपाल कम्फर्टटेबल पार्टी = नेकपाका २४ घण्टे राष्ट्रवादीहरु र नागरिक अभियन्ताहरु अब कुन झण्डा साथ सडकमा आउलान ? भनेर प्रश्न गरेका थिए ।
उनले लेखेका थिए, ‘नेपाल कम्फर्टटेबल पार्टी = नेकपाका २४ घण्टे राष्ट्रवादीहरु र नागरिक अभियन्ताहरु अब कुन झण्डा साथ सडकमा आउलान ? भब्य बैठक आयाेजित हुदै हाेला कसरी विषय माेडिदिने भनेर ? चाइँचुइँ छैन त ? कि लावण्य प्रान्तकाे मुख्यमन्त्री खाेज्न लाग्या छन ? कसैले देखभेटेमा म पनि थाहा पाउँ है, मान्यवर हाे ।’
नेपाल कम्फर्टटेबल पार्टी = नेकपाका २४ घण्टे राष्ट्रवादीहरु र नागरिक अभियन्ताहरु अब कुन झण्डा साथ सडकमा आउलान? भब्य बैठक आयाेजित हुदै हाेला कसरी विषय माेडिदिने भनेर?चाइँचुइँ छैन त? कि लावण्य प्रान्तकाे मुख्यमन्त्री खाेज्न लाग्या छन? कसैले देखभेटेमा म पनि थाहा पाउँ है,मान्यवर हाे।
— Gokul Prasad Baskota (@GokulPBaskota) February 27, 2021
यस्तै सामाजिक सञ्जाल ट्वीटरमा आज मंगलवार एक ट्वीट गर्दै उनले प्रधानमन्त्रीले राजनीमा नदिएसम्म सदन चल्न नदिने तयारीमा लागेको टिप्पणी गरेका छन् । बाँस्कोटाले प्रचण्ड-नेपाल समूहले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोगको तयारी भइरहेको सुनिएको बताएका छन् ।
उनले लेखेका छन्,’नेपाल कम्फरटेबल पार्टीले प्रमले राजीनामा नदिए सम्म सदन चल्न नदिने र राष्ट्रपतिलाई हतोत्साही बनाउनकै लागी भए पनि महाअभियोग ल्याउने तयारी गर्दै छन रे ! झलनाथकाे तयारीमा रामचन्द्र कवाफमा हड्डी भएर मात्र घाेषणा नभएकाे रे। लाैन प्रभु ! मिलाई देऊ।’
नेपाल कम्फरटेबल पार्टीले प्रमले राजीनामा नदिए सम्म सदन चल्न नदिने र राष्ट्रपतिलाई हताेत्ससाही बनाउनकै लागी भए पनि महाअभियाेग ल्याउने तयारी गर्दै छन रे!झलनाथकाे तयारीमा रामचन्द्र कवाफमा हड्डी भएर मात्र घाेषणा नभएकाे रे।लाैन प्रभु! मिलाई देऊ।
— Gokul Prasad Baskota (@GokulPBaskota) March 2, 2021