\
राजनीतिहेडलाइन

प्रचण्ड-नेपाल समूहले राष्ट्रपतिविरुद्ध महाअभियोगको तयारी गरिरहेको छ : गोकुल बाँस्कोटा

काठमाडौँ । पूर्व संचारमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता गोकुल बाँस्कोटाले प्रचण्ड-नेपाल समूहले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोगको तयारी भइरहेको सुनिएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा आज मंगलवार एक ट्वीट गर्दै उनले प्रधानमन्त्रीले राजनीमा नदिएसम्म सदन चल्न नदिने तयारीमा लागेको टिप्पणी गरेका छन् । साथै उनले प्रचण्ड-नेपाल समूहको नेकपालाई नेपाल कम्फरटेबल पार्टीको संज्ञा दिएर कटाक्ष गरेका छन् ।

उनले लेखेका छन्,’नेपाल कम्फरटेबल पार्टीले प्रमले राजीनामा नदिए सम्म सदन चल्न नदिने र राष्ट्रपतिलाई हतोत्साही बनाउनकै लागी भए पनि महाअभियोग ल्याउने तयारी गर्दै छन रे! झलनाथकाे तयारीमा रामचन्द्र कवाफमा हड्डी भएर मात्र घाेषणा नभएकाे रे। लाैन प्रभु! मिलाई देऊ।’

Leave a Reply