\
राजनीतिहेडलाइन

पोखरेलको नेपालप्रति आक्रोश : प्रधानमन्त्री राजीनामा गर्न दवाव दिनु अनुचित, क्षुद्र र अनैतिक दवाव

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न दवाव दिनु अनुचित, क्षुद्र र अनैतिक दवाव भएको टिप्पणी गरेका छन् । सामाजिक संजालमा स्टाट्स लेख्दै उनले संसदको सर्वोच्चतालाई मानेर त्यसको सामना गर्ने कुरा गर्दा केको आपत्ति ? भनेर नेपाललाई प्रतिप्रश्न समेत गरेका छन् ।

ताजा जनादेशका लागि तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधिसभा भंग गर्न गरेको सिफारिसलाई २०५२ साल भदौ १२ गते सर्वोच्च अदालतले खारेज गरेको उनले स्मरण गर्दै उहाँले अस्पतालकै बेडबाट आफूमाथि लगाइएको अविश्वासको प्रस्तावको जवाफ दिएको पोखरेलले बताएका छन् ।

साथै पोखरेलले मनमोहन अधिकारीले अस्वस्थ्यता कारण बोल्न कठिन भएपछि तत्कालीन उपप्रधानमन्त्री माधव नेपालले जवाफ दिने कामलाई निरन्तरता दिएको पनि स्मरण गराएका छन् ।

यस्तो पृष्ठभूमिसित गाँसिएका माधव नेपालले समेत नैतिकताको हवाला दिदै अहिले प्रधानमन्त्री केपी ओलीले राजीनामा गर्न दवाव दिइरहेका भन्दै यस्तो अनुचित, क्षुद्र र अनैतिक दवाव किन ? संसदको सर्वोच्चतालाई मानेर त्यसको सामना गर्ने कुरा गर्दा केको आपत्ति ? भनेर नेपाललाई नैतिकताको प्रश्न समेत तेर्स्याएका छन् ।

नेपालको संसदीय इतिहासमा अविश्वास प्रस्ताव पास भएर हट्ने पहिलो प्रधानमन्त्री एमालेका मनमोहन अधिकारी हुन्। तत्कालीन पहिलो दल एमालेले बनाएको अल्पमतको सरकार ढाल्न अविश्वासको प्रस्ताव ल्याउने तयारी कांग्रेसले गरेको थाहा पाएपछि संसद भंग गरेर नयाँ निर्वाचनको घोषणा गरिए पनि सर्वोच्च अदालतको आदेशले संसद ब्युँतिएको थियो ।

त्यसपछि २०५२ भदौ २४ गते अविश्वास प्रस्तावमा भएको मतदानमा २०५ सदस्यको संसदमा १०७ मत पक्षमा परेपछि मनमोहन अधिकारी पदमुक्त भएका थिए ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीको राजीनामाको विषयमा विष्णु रिमालले मुख खोले

Leave a Reply