\
राजनीतिहेडलाइन

समानान्तर सत्ता चलाउन खोजेपछि संसद विघटन गरेको हुँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कै केही नेताहरुले समानान्तर सत्ता चलाउन खोजेपछि प्रतिनिधिसभा विघटन गर्नु परेको बताएका छन् । पुनर्निमाण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आज उद्घाटन गरेपछि सरकार गठनको तीन वर्ष पुगेको अवसरमा आज सोमबार प्रेस ब्रिफिङ गर्दै उनले यस्तो कुरा बताएका हुन् ।

ओलीले संसद विघटन गर्न नपरोस् भनेर आफूले अन्तिम समयसम्म कोसिस गरेको बताउदै संसद विघटन गर्नु आफ्नो बाध्यता भएको दाबी गरेका छन् । आफूले वैकल्पिक सरकार बन्ने सम्भावनाबारे पनि सोचेको र त्यस्तो नपाएपछि आफूसँग संसद विघटन बाहेक कुनै पनि विकल्प नरहेको ओलीको भनाइ छ ।

पार्टीभित्रका केही नेताहरुको अतिरिक्त आकांक्षाको बाछिटा संसदमा नपरोस् भनेर आफूले प्रयास गरेको भए पनि सफल नभएको उनले सुनाए । निर्वाचनमा जानु प्रतिगमन नभएको समेत दाबी गर्दै उनले संविधान भन्दा आफू अलग बाटोमा नहिंडेको भन्दै प्रतिगमन भन्नु गलत कुरा रहेको बताए ।

यदि संसद विघटन नगरेको भए एकीकृत पार्टी नहुने, कसैसँग बहुमत नहुनुका साथै स्थिरता आउने उनले दाबी गरेका हुन् । उनले संसदीय दलमा आफूविरूद्ध कुनै उजुरी नलगाई ‘एक जना व्यक्तिको लाञ्छनापत्रको’ आधारमा आरोप लगाएको दाबी गरे ।

Leave a Reply