\
राजनीतिराष्ट्रिय समाचार

प्रधानन्यायाधीश पराजुलीलेद्वारा चार मुख्य न्यायाधीशलाई शपथ

११ माघ, काठमाण्डौ । प्रधानन्यायाधीश गोपाल पराजुलीले उच्च अदालतका नवनियुक्त चार मुख्य न्यायाधीशलाई बिहीबार पद तथा गोपनीयताको शपथ गराएका छन् । सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश पराजुलीले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदीलाई उच्च अदालत तुल्सीपुरको मुख्य न्यायाधीशमा, उच्च अदालत जनकपुरका न्यायाधीश उदयप्रकाश चापागाईंलाई जनकपुरको मुख्य न्यायाधीशमा, उच्च अदालत जनकपुरका न्यायाधीश यज्ञप्रसाद बस्याललाई दिपायलको मुख्य न्यायाधीश र उच्च अदालत तुल्सीपुर बुटवलका न्यायाधीश हरिकुमार पोखरेललाई सुर्खेतको मुख्य न्यायाधीशमा शपथ गराएका हुन् ।

रिक्त रहेका चार मुख्य न्यायाधीशमा न्याय परिषद्ले उनीहरुलाई पुस २० नियुक्तिका लागि सिफारिस गरेको थियो ।

Leave a Reply