सडकमा खाते बच्चाहरु छैनन्, अब सरकारले हेरचाह गर्नेछ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा खाते बच्चाहरु नभएको दावी गरेका छन् । आज राजधानीमा आयोजित अपांगता भएकाहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडकमा खातेहरु रहन नदिने र उनीहरुको अभिभावक सरकार रहेको दावी गरे ।
ओलीले खाते बालबालिकाको भूमिका सरकारले खेल्ने र हाम्रो बालबालिका रहेको बताए उनीहरुमाथि जातीय भेदभाव नहुने, शिक्षा, स्वास्थ्यको जिम्मा सरकारले लिने बताए ।