\
राजनीतिहेडलाइन

ओलीलाई अदालतको अवहेलनामा कारबाही गर्न बारका चार पूर्वअध्यक्षहरुको आग्रह

काठमाडौं । नेपाल वार एशोसिएसनका चार पूर्व अध्यक्षहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलनामा कारबाही गर्न अपिल गरेका छन् । ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको मानमर्दन गरेको भन्दै अदालतको अवहेलनामा कारबाही गर्न अपिल गरेका हुन् ।

वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले आज संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति कानुन व्यवसायमाथिकै निर्लज्ज प्रहार भएको बताएका छन् ।

Leave a Reply