नेपालको भूमिलाई समेटेर नक्सा छाप्दा प्रचण्ड-नेपाललाई छटपटी भएको ओलीको आरोप
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा बैठकलाई सम्बोधन गरेका छन् । आज दिउँसो १ बजेपछि बसेको बैठकमा प्रधानमन्त्री ओली बोलिरहेका छन् ।
उनले प्रतिनिधि सभा विघटन गरिएको र निर्वाचन तोकिएको पनि बताएका छन् । प्रधानमन्त्री ओलीले प्रचण्ड-नेपालले संविधान बेठिक छ भन्ने निष्कर्ष निकाल्न खोजेको आरोप लगाएका छन् ।
ओलीले लिपियाधुरा र लिपुलेकलाई हाम्रो नेपालको नक्सामा राख्दा प्रचण्ड-नेपाललाई टाउको दुखाइ भएको आरोप लागेका छन् । हामीले हाम्रो भुमि नक्सामा, संविधानमा पनि राखिसकेको ओलीले बताए ।