प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बालुवाटारमा : के होला त निर्णय ?
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहीबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज बस्ने भनिएको बैठकमा अध्यादेश खारेजी लगायतका एजेण्डामा छलफल हुने बालुवाटार स्रोतले जानकारी दिएको छ ।
सो अध्यादेश खारेजीका लागि अर्को अध्यादेश जारी गर्नुपर्ने प्रावधान अनुसार मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्न लागेको बताइएको छ । हिजो बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले सो अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन दिएको थियो ।
सरकारले हालै ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विवादमा परेपछि बुधबार स्थायी कमिटी बैठक अघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री ओलीले फिर्ता लिने सहमति जनाएका थिए ।
लामो रस्साकस्सीका वावजुद नेकपा अध्यक्षद्वय ओली र दाहालवीच सहमित भएर प्रधानमन्त्री ओली हिजो बसेको नेकपाको स्थायी कमिटि बैठकमा सहभागी भएका थिए । नेकपाका अध्यक्षद्वय ओली र ‘प्रचण्ड’को सहमतिका आधारमा स्थायी कमिटीको बैठक चल्न थालेपछि पार्टीभित्रको अन्तरविरोध निकासतर्फ उन्मुख देखिएको थियो ।
प्रधानमन्त्री ओलीले आज साँझ ५:३० बजे बोलाएको संवैधानिक परिषद्को बैठक फेरि अचानक स्थगित भएको छ । प्रधानमन्त्री ओलीले बैठक बोलाएसँगै बालुवाटार पुगेका नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आपत्ति जनाएपछि ओलीले बैठक स्थगित गरेका हुन् ।
स्रोतका अनुसार ओलीसँगको भेटमा प्रचण्डले अध्यादेश फिर्ता लिने निर्णय भइसकेको अवस्थामा बैठक बोलाइनुको कारणबारे प्रश्न गरेका थिए । तर, बैठकमा ओलीले केही छलफल गर्नुपर्ने भएकाले बैठक बोलाइएको अस्पष्ट जवाफ दिएका थिए ।
तर, प्रचण्डले प्रतिवाद गर्दै पार्टीले निर्णय गरे अनुसार अघि बढ्नुपर्ने र अहिलेको अवस्थामा बैठकको औचित्य नहुने बताएपछि बुधबारको स्थायी समिति बैठक अनुसार नै अध्यादेश फिर्ता हुने र आजको बैठक पनि स्थगित गर्ने ओलीले बताएका हुन् ।
नेकपामा विवाद सल्टियो भनिरहेकै बेला प्रधानमन्त्री ओलीले बुधबार गरेको सहमति लत्याउँदै पुनः आज संवैधानिक परिषद् बैठक बोलाएकोले नेकपाको विवाद फेरि बल्झिने संकेत देखिएर नेकपाका नेताहरु तथा कार्यकर्ताहरु चिन्तित बनेका थिए तर त्यो चिन्ता फेरि क्षणिक रुपमा मत्थर भएको छ ।
यो पनि पढ्नुहोस्
आज साँझ बोलाइएको संवैधानिक परिषद्को बैठक किन भयो फेरि अचानक स्थगित ?
नेकपा विवाद फेरि बल्झिने संकेत : अध्यादेश फिर्ता नहुँदै प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक
प्रधानमन्त्रीले फेरि किन बोलाए बालुवाटारमा मन्त्रिपरिषद्को बैठक ?
प्रधानमन्त्री ओलीलाई दुवै पदवाट हटाउने झलनाथ खनालको दावी
पार्टीले भन्नेवित्तिकै अध्यादेश फिर्ता नहुने ईश्वर पोखरेलको दावी