\
राजनीतिहेडलाइन

नेता पौडेलको पूर्व निर्धारित कार्यक्रम विथोल्न निषेधाज्ञा जारी गर्नु सत्ताको चरम दुरुपयोग : महामन्त्री कोइराला

काठमाडौँ । प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुलको उद्घाटन गर्ने पूर्व निर्धारित कार्यक्रम विथोल्ने गरी निषेधाज्ञा जारी गर्नु सत्ताको चरम दुरुपयोग भएको बताएका छन् ।

तनहुँमा पुल उद्घाटनका लागि पुगेका नेता पौडेललाई प्रहरीले पक्राउ गरेको छ । व्यास नगरपालिका-१ मा रहेको तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा सङ्घबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले त्यहाँ निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले जिल्ला प्रहरी कार्यालय लगेको हो ।

उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा नियन्त्रणमा लिइनु निन्दनीय र घोर भत्र्सनायोग्य छ । लोकतान्त्रिक मूल्यमान्यतामै प्रश्न उठ्ने गरि भएको यस्तो कार्यको जति निन्दा गरेपनि कम हुन्छ । कांग्रेस वरिष्ठ नेता पौडेलले पुलको उद्घाटन गर्ने पूर्व निर्धारित कार्यक्रम विथोल्ने गरि निषेधाज्ञा जारी गर्नु सत्ताको चरम दुरुपयोग हो । कुनै राजनीतिक दलका नेतालाई कार्यक्रममै जान रोक लगाउनुले सरकारको तानाशाही प्रवृत्ति प्रष्ट भएको छ । लोकतन्त्रका लागि अनवरत लडेको नेपाली कांग्रेसले यस्ता गलत कार्यबाट विचलित नहुने र यस्ता अतिवादी कार्यको डटेर सामना गर्ने छ । कांग्रेसका नेता,कार्यककर्तामाथि सत्ताको चरम दुरुपयोग गर्दै कसैले दमनको सपना देखेको छ भने त्यो दिवास्वप्न मात्र हुनेछ । कांग्रेसको धैर्यतालाई कसैले कमजोरी नठानोस् । तत्काल ससम्मान वरिष्ठ नेता पौडेलको रिहा गर्दै उहाँमाथि भएको दुव्र्यवहारमा सरकारले माफी मागोस्।’

यो पनि पढ्नुहोस्

किन र कसरी अचानक कांग्रेस नेता रामचन्द्र पौडेल पुगे प्रहरी हिरासतमा ?

Leave a Reply