काँग्रेसका तीन वरिष्ठ अधिवक्तासहित पाँच जनामाथि कारबाही
काठमाडौँ, २ कात्तिक । डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) ले तीन वरिष्ठ अधिवक्तासहित पाँच जनालाई कारबाही गरेको छ । नेपाली काँग्रेसनिकट कानुन व्यवसायीहरूको संगठन डिएलएले बिहीबार नेपाल बारका दुई पूर्व अध्यक्षसहित पाँच जनालाई अन्तर्घातमा अनुशासनको डण्डा चलाएको हो ।
डिएलएले बार एशोसिएशनको निर्वाचनमा संगठनका उम्मेदवारलाई हराउने भूमिका खेलेको आरोप लगाएको छ । डिएलएको हालैको निर्णयअनुसार बारका पूर्व अध्यक्षद्वय हरिहर दाहाल र प्रेमबहादुर खड्कालाई साधारण सदस्यसमेत नरहने गरी हटाइएको छ भने डिएलएका पूर्व अध्यक्ष यदुनाथ खनालको पनि त्यसैगरी साधारण सदस्यता नरहने भएको छ । कारबाहीमा बारका पूर्व महासचिव विजय मिश्र र काठमाडौँ बारका पूर्व अध्यक्ष सीताराम दवाडीसमेत परेका छन् ।-जनआस्थावाट