चन्दका जिल्ला सेक्रेटरी पक्राउ
सिमकोट, २२ असोज । नेत्रविक्रम चन्द समूह हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ परेका छन् ।
जिल्लाको तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाबाट राति जिल्ला सेक्रेटरी कुम्ब बुढालाई पक्राउ गरिएको पारिवारिक स्रोतले जनाएको छ ।