ओलीले आफ्नो पद जोगाउन पुर्व माओवादीलाई मन्त्रीको उपहार : रक्षामन्त्री र गृहमन्त्रीको पद संकटमा
काठमाडौं, ११ भाद्र । नेपाल कम्युनिष्ट पार्टीको विवाद समाधान गर्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा पुरै सेट परिवर्तनको तयारीमा लागेका छन् । पार्टी भित्र लामो समयदेखि ओलीको राजीनामा माग्दै आएका पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई खुसी बनाउनको लागि ओलीले मन्त्रिमण्डल हेरफेर नभई सेट नै परिवर्तन गर्ने तयारीमा छन् ।
ओलीले यस मन्त्रिमण्डल हेरफेरमा प्रचण्ड, नेपाल, खनाल र वामदेव गौतमलाई समेत भाग दिने भएका छन् । यस मन्त्रिमण्डल हेरफेरमा ओलीलाई सधै साथ सहयोग गर्दै आएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल यसपटक विवादमा परेकाले मन्त्रिमण्डल पुर्नगठनमा नपर्ने निश्चित प्रायः भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली समेत नदोहोरिने भएका छन् ।
त्यस्तैगरी प्रचण्डले आफू समस्यामा पर्दा साथ नदिएको भन्दै गृहमन्त्री रामबहादुर थापा बादललाई पनि निरन्तरता नदिने तयारी रहेको विश्वस्त स्रोतले जानकारी दिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा पनि दोहोरिने छैनन् । उनलाई सांसद मनोनित नगरिने भएपछि स्वतः पदमुक्त हुनेछन् ।