\
राजनीतिहेडलाइन

ओली, प्रचण्ड र माधव वीच भएको छलफल सकियो, आज पनि कुरा मिलेन

काठमाडौं, साउन १। पार्टीभित्रको आन्तरिक विवादका कारण दुर्घटनाको संघारमा पुगेको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अर्का बरिष्ठ नेता माधव कुमार नेपाल बीच आज बिहिवार पनि छलफल सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज पनि ३ जना नेताहरु वीच भएको छलफल आज पनि बिना निष्कर्ष टुंगिएको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।

बुधबार अध्यक्षद्वयबीचको छलफलमा पार्टीका वरिष्ठ नेता नेपाललाई पनि राखेर पुन : छलफल गर्नुपर्ने प्रस्ताव अध्यक्ष प्रचण्डले राखेकाले नेपाल पनि सहभागी भएका थिए । पार्टीका महासचीव पौडेलका अनुसार सहमतिका लागि प्रयास जारी रहेको र शुक्रबारको स्थायी समिति बैठक बस्ने समेत बताएका छन् ।

गत असार १८ गतेदेखि स्थायी समिति बैठक बस्न सकेको छैन । सहमतिका लागि भन्दै पटक पटक स्थगित भएको स्थायी समिति बैठक पछिल्लो पटक सात दिनका लागि स्थगित भएको थियो । यसअघि एक्लाएक्लै भेट्दै आएका प्रचण्डले आज भने वरिष्ठ नेता माधव नेपाललाई पनि सहभागी गराएका थिए ।

बालुवाटार जानुपहिला नेपालसहित ६ जना सचिवालय सदस्य प्रचण्ड निवास खुमालटारमा भेला भएका थिए । प्रचण्ड र नेपालसँगको छलफल सकिएपछि प्रधानमन्त्री ओलीले अहिले महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मासँग छलफल गरिरहेका छन् ।

पार्टीको आन्तरिक विवाद मिलाउन शीर्ष नेतृत्व सक्रिय भएपनि नेताका अडानले सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने अडानमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह छन् । प्रधानमन्त्री ओलीले भने दुवै पद नछाड्ने स्पष्ट पारेका छन् । जसले गर्दा पार्टी विभाजन हुनसक्ने भन्दै नेताहरुबीच आन्तरिक छलफल र दौडधुप चलिरहेको छ ।

यो पनि पढ्नुहोस्

बालुवाटारमा ओली, प्रचण्ड र नेपालबीच छलफल जारी

ओली-प्रचण्ड बीच आज पनि बालुवाटारमा छलफल जारी

ओली-प्रचण्ड बीचको ‘वान टु वान’ वार्ता सकियो, आज पनि सहमति भएन