\
राजनीतिहेडलाइन

बालुवाटारमा विपद् व्यवस्थापन परिषद्को आकस्मिक बैठक जारी

काठमाडौँ, असार २७ । बालुवाटारमा केहि बेरअघि विपद् व्यवस्थापन परिषद्काे बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा पनि सहभागी रहेको उनले बताएका छन् ।

केहि दिनदेखि परिरहेको अविरल वर्षाका कारण देशभर गरको बाढीपहिरोका कारण ठुलो धनजनको क्षति भएको परिप्रेक्षमा बाढीपहिरोमा मृत्यु भएकाहरुको परिवार र पिडितहरुलाई राहत, उद्दार कसरी गर्ने भन्ने बारेमा उक्त बैठक केन्द्रित हुने बुझिएको छ ।

सिन्धुपाल्चोक, कास्की, लमजुङ, म्याग्दी, पर्वतलगायत ठाउँमा अविरल वर्षापछि बाढीपहिरोले जनधनको क्षति भएको छ। सिन्धुपाल्चोक, म्याग्दीमा पहिरोमा पुरिएकाहरूको खोजि कार्यमा ढिलाइ भइरहेको छ ।

सरकारले विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनका काममा विपक्षी र अन्य राष्ट्रिय दलको भूमिकालाई बेवास्ता गरेको आवाज उठेपछि विपद् जोखिम न्यूनीकरण तथा राष्ट्रिय व्यवस्थापन परिषद्को बैठक बोलाएको छ । परिषद्‍मा विपक्षी दलका नेता पदेन सदस्य रहने व्यवस्था छ ।

राजनीतिक संयन्त्र निर्माणको बहस ‘निस्तेज पार्न’ विपक्षी दलका नेता सदस्य रहेको विपद् जोखिम न्यूनीकरण तथा राष्ट्रिय व्यवस्थापन परिषद्लाई सक्रिय बनाइएको थियो ।

नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीकै अध्यक्षतामा सबै दल र विभिन्न क्षेत्रका प्रतिनिधि सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनुपर्ने राय दिएपछि कानुनमै व्यवस्था रहेको त्यही प्रकृतिको परिषद्लाई सक्रिय पारिएको थियो ।

Leave a Reply