\
पक्राउराष्ट्रिय समाचार

मोरङमा गाई काटेको आरोपमा १ जना पक्राउ

मोरङ, जेठ २२ । मोरङको बिराटनगर महानगरपालिका-१७ का २८ बर्षीय सोहिल मियालाई गाई काटेको आरोपमा पक्राउ गरिएको छ । आज बिहान ७ बजेको समयमा स्थानीय सौरभ मियाको घरमा गाई काटिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले १० केजी मासु सहित मियालाई पक्राउ गरेको हो ।

घटनामा संग्लग्न रहेका अन्य दुई जना तत्काल फरार रहेकोले खोजतलास भईरहेको तथा पक्राउ परेका मियाको सम्बम्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply