गाईको बाच्छो काटेको आरोपमा ३ जना पक्राउ
झापा, जेष्ठ ५। झापाको गौरादह-४ स्थितमा गाईको बाच्छो काटेको आरोपमा ३ जनालाइ पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गौरादह-४ का २८ बर्षीय रमेश दर्जी,५० बर्षीय रमेश सतार र सोहि स्थानका ६० बर्षीय मद्रासी सतार रहेका छन ।
हिजो राती १० बजे रमेश दर्जीको घरमा यी तिनै जना मिलेर बाच्छो काटेर मासु खाएको र बाच्छोको टाँउको तथा दुई वटा खुट्टा खेतमा पुरेको अवस्थामा फेला पारेको भनी आज बिहान सवा ८ बजे स्थानीयले प्रहरी चौकी माहारानीझोडामा खबर गरेका थिए ।
घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई अनुसन्धान गर्ने क्रममा गाईको बाच्छो काटेको खुल्न आएको हो । पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।