\
मृत्युराष्ट्रिय समाचार

सुनसरीमा करेन्ट लागेर १ जनाको मृत्यु

सुनसरी, बैशाख २९ । सुनसरीको ईटहरी उप-महानगरपालिका-१६ का ३५ बर्षीय बिष्णु चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान ७ बजेको समयमा घर छेउमै रहेको खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा निजको घटनास्थलमा नै मृत्यु भएको हो ।

स्थानीयवासीले जानकारी गराउनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृयाका साथै अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply