नेपालमा २ महिने शिशुमा समेत देखियो कोरोना संक्रमण
२३ वैशाख, काठमाडौं । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण फेरि थप १७ जना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित प्रेस ब्रिफिंग गर्दै मन्त्रालयका प्रवक्ता डा, विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् ।
मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार संक्रमितहरु सवै वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुषहरु र ७ जना महिलाहरु रहेका छन् । जसमा नेपालमा पहिलो पटक २ महिने शिशुमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनाको रिपोर्ट पोजिटभ आएको उनले बताएका हुन् । संक्रमितहरु २ महिनादेखि ६६ वर्षसम्मका भएको पनि उनले जानकारी दिएका छन् । उपचाररत संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
यो पनि पढ्नुहोस्
नेपालमा संक्रमितको संख्या ९९ पुग्यो, आज थपिए कोरोनाका १७ संक्रमित
नेपालमा संक्रमितको संख्या ८२ पुग्यो, आज फेरि नेपालगञ्जमा थपिए कोरोनाका ७ संक्रमित