\
मृत्युराष्ट्रिय समाचार

तमोर नदीले बगाएर बेपत्ता भएका १ जना मृत फेला

ताप्लेजुङ, बैशाख २१ । बैशाख १० गते तमोर नदीमा माछा मार्न गएका आठराई त्रिवेणी गाउँपालिका-२ का १७ बर्षीय मनोज काम्बाङ हराएको १० दिन पछी मृत फेला परेका छन् ।

नदीमा माछा मार्न गएका काम्बाङ हराएर बेपत्ता भएसंगै खोजतलास गरिरहेको प्रहरी र स्थानियवासीको टोलीले शनिवार बेलुका साँढे ६ बजे तेह्रथुमको आठराई गाउँपालिका-२ को ईवा र आठराई गाउँपालिका-३ ह्याकुको सिमानामा पर्ने हिउदिया दोभानमा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Leave a Reply