अवैध रुपमा लगाएको अफिम खेती गरियो नष्ट
रुकुम (पश्चिम), ९ वैशाख । सिस्ने गाउँपालिका-२ किदास्थित ७ रोपनी जमिनमा अवैध रुपमा लगाएको अफिम खेती सोमबार बिहान नष्ट गरिएको छ ।
ईलाका प्रहरी कार्यालय प्वाङबाट खटिएको प्रहरी टोलीले उक्त अफिम काटी उखेली खेती नष्ट गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो पनि पढ्नुहोस्