\
राष्ट्रिय समाचारसमाज

यात्रु बोकेको एम्बुलेन्स प्रहरीद्वारा नियन्त्रित

पाल्पा, ३ वैशाख । जिल्ला प्रहरी कार्यालयले तानसेन नगरपालिका–५ होलाङ्दीमा यात्रु बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।

लकडाउनका समयमा आठ यात्रुसहित पाल्पाको प्रभाषबाट बागलुङतर्फ जाँदै गरेको लु २ च १४८० नम्बरको एम्बुलेन्स र चालक डम्बरबहादुर सुनारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

लकडाउनका अवधिमा जिल्लामा २६५ सवारी साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply