\
दुर्घटनाराष्ट्रिय समाचार

ट्याङ्करको ठक्करवाट १ जना साइकल यात्रीको मृत्यु

काठमाडौँ, २ वैशाख । काठमाडौँको तारकेश्वर नगरपालिका­-११ नेपालटारमा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सडकमा बा २ ख ५१७७ नम्बरको ट्याङ्करले ठक्कर दिँदा काभ्रे चौंरीदेउराली गाउँपालिका-३ का ५५ वर्षीय विष्णुप्रसाद चौलागाईको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उहाँलाई साइकलमा यात्रा गरिरहेको बेला ट्याङ्करले ठक्कर दिएको थियो ।

आज बिहान गाडीको ठक्करबाट गम्भीर घाइते भएका चौलागाईको ग्रिनसिटी अस्पताल सामाखुशीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच कागेश्वरी-मनहरा नगरपालिका-८ बस्ने सिन्धुलीकी अस्मिता तोलाङ्गी आज बिहान मृतावस्थामा भेटिएकी छिन् । सोमबार राति खाना खाएर सुतेकी उनी बिहान मृत फेलापरेको प्रहरीले जनाएको छ ।

Leave a Reply