सरकारको निर्णय : कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई २५ लाखको बिमा गर्ने
काठमाडौं । नेपाल सरकारले कोरोना भाइरस (कोभिड-१९) को उपचारमा प्रत्यक्ष संलग्न डाक्टर, नर्स तथा सुरक्षाकर्मीलाई २५ लाखको विमा गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले असार मसान्त अवधिसम्मका लागि २५ लाखको विमा गर्ने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता एवं अर्थमन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मन्त्रीपरिषद्को निर्णय सार्वजानिक गर्दै उक्त कुरा बताएका हुन् ।