\
मृत्युराष्ट्रिय समाचार

घाँस काट्न निस्केकी महिला मृतावस्थामा फेला

डोटी, २६ फागुन । जिल्लाको दिपायल सिलगढी नगरपालिका–९ कलेनामा एक महिला मृतावस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले घरनजिकैको जङ्गलमा घाँस काट्न गएकी ४५ वर्षीया राजु कामी आइतबार साँझ मृतावस्थामा भेटिएको जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको र सो घटनामा आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

Leave a Reply