तोरीबारीमा १ जना मृतावस्थामा फेला
बनेपा, २६ फागुन । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-८ स्थित रोशीखोला नजिक तोरीबारीमा एक जना मृतावस्थामा फेला परेका छन् ।
आइतबार साँझ फेला परेका मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिनुभयो ।