\
घटनाराष्ट्रिय समाचार

५२ वर्षीय गुप्ता मृत अवस्थामा फेला

२८ वैशाख, सुनसरी । सुनसरीको सदरमुकाम इनरुवा–३ मा बिहीबार एकजना मृत अवस्थामा फेला परेका छन् ।

इनरुवा–३, बुढीबजै टोल बस्ने अन्दाजी ५२ वर्षीय सुरेश गुप्ता मृत अवस्थामा फेला परेका हुन् ।

आफ्नै घरमा सुतिरहेको अवस्थामा बिहीबार गुप्ता मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो । (रासस)

Leave a Reply