\
दुर्घटनाराष्ट्रिय समाचार

नदीमा तर्ने क्रममा चिप्लिएर एक युवाको मृत्यु

१२ वैशाख, बैतडी । चमेलिया नदीमा तर्ने क्रममा चिप्लिएर एक युवाको मृत्यु भएको छ ।

बैतडीको डिलासैनी गाउँपालिका–३ पंशेरा भन्ने ठाउँमा चमेलिया नदीमा तर्ने क्रममा चिप्लिएर सोही ठाउँका ३० वर्षीय धिरज बोहराको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शव परीक्षणका लागि स्थानीय स्वास्थ्य चौकीमा राखिएको छ ।

Leave a Reply