\
अपराधराष्ट्रिय समाचार

बलात्कारको आरोपमा एक युवक पक्राउ

१२ वैशाख, पर्वत । ७७ वर्षे वृद्धालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका–३, देउपुर का १९ वर्षीय शंकर परियार छन् ।

परियारले गत ५ वैशाखमा राति घरमा कोही नभएको मौका मारेर स्थानीय ७७ वर्षीय वृद्धलाई जबरजस्तीकरणी गरेको प्रहरीमा जाहेरी परेको छ ।

उनलाई इलका प्रहरी चौकी, देउपुरवाट खटिएको टोलीले पक्राउ गरी जिल्ला अदालत, पर्वतवाट जबरजस्तीकरणी मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालेको छ ।

Leave a Reply