\
राष्ट्रिय समाचार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

२९ चैत, विराटनगर । मोरङको पथरी शनिश्चरे–१० मा बुधबार राति मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मोटरसाइकल चालक पथरी–शनिश्चरे हसन्दहका ४८ वर्षीय हरिबहादुर केसीको उपचारका क्रममा विहीबार मृत्यु भएको प्रहरी प्रदेश कार्यालय, विराटनगरले जनाएको छ ।

डाँस खोला पुलमा रोकीराखेको को२त २४५९ नम्बरको ट्याक्टरको पछाडिको भागमा को१३प ७७२९ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि सो दुर्घटना भएको थियो ।

मोटरसाइकलमा सवार २५ वर्षीय हेमराज खड्काको टाउकोमा चोट लागेको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply