प्राधिकरणको परामर्श परिषदमा १४ जिल्लावाट एकएक सांसद मनोनित
१८ चैत, काठमाण्डौ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको परामर्श परिषदमा १४ सांसद मनोनित भएका छन् । परिषद्को आइतबार बसेको बैठकले भूकम्प अति प्रभावित १४ जिल्लावाट एकएक सांसद मनोनित भएका हुन् ।
ओखलढुंगावाट यज्ञराज सुनुवार, दोलखावाट पार्वत गुरुङ, रामेछापका श्यामकुमार श्रेष्ठ, सिन्धुपाल्चोकका अग्नि सापकोटा, काभ्रेका गंगा तामाङ, सिन्धुलीका हरिबोल गजुरेल, भक्तपुरका प्रेम सुवाल, काडमाडौंका गगन थापा, ललितपुरकी पम्फा भुसाल, रसुवाका मोहन आचार्य, धादिङका भूमि त्रिपाठी, नुवाकोटका हितबहादुर तामाङ, मनकवानपुरका विरोध खतिवडा र गोरखाका हरि अधिकारी छन् ।