\
राष्ट्रिय समाचार

न्यायाधीशको लिखित परीक्षाको नतिजा सार्वजनिक

१५ चैत, काठमाण्डौ । न्याय सेवा आयोगले जिल्ला न्यायाधीशको पदपूर्तिका लागि लिएको लिखित परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

बुधबार सार्वजनिक गरेको नतिजामा ३० जनाको माग भएको तर १६ जना उत्तीर्ण भएका छन् ।

३० पदका लागि ४ सय २४ जनाले आवेदन दिएका थिए । परीक्षामा ३ सय ७३ जना सहभागी थिए । समावेशी अन्तर्गत मधेशी र दलित कोटामा कोही पनि उत्तीर्ण भएनन् ।

हेर्नुहोस् नामावली:
JSC_Result_2074

Leave a Reply