\
राष्ट्रिय समाचार

श्री सुन्तले प्रा.वि सुन्तलेद्वारा सहयोगी ब्यक्तिहरुलाई सम्मान कार्यक्रम सम्पन्न

१६ माघ, खोटाङ । खोटाङको बराहापोखरी गाउँपलिकाका वडा नं. २ माकापू स्थीत रहेको श्री सुन्तले प्रा.वि सुन्तलेमा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शिक्षा प्रतिनिधि फाक्ताङ स्रोतकेन्द्रका स्रोत ब्यक्ति रामबिक्रम थापाको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

“आजको आवश्यकता जीवन उपयोगी ज्ञान गुणस्तरीय शिक्षा हाम्रो अभियान ´´ भन्ने नाराका साथ कम्प्युटर शिक्षा , गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति र गुणस्तरीय शिक्षा लाई मध्यनजर गर्दै विद्यालयको नाममा केदार आले मगरको नेत्रित्वमा अक्षयकोष स्थापना गरिएको थियो । उक्त कोषमा रकम सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान पत्र प्रदान गरिएको हो ।

सम्मान कार्यक्रममा गाउँपलिकाका मेयर शालिकराम बन्जरा, उपमेयर गोमा मगर, वडा अध्यक्ष अमर आले मगर, श्री ज्यू मावि सुन्तलेका प्र. तुलसी प्रसाद पोख्रेल, वि.व्य.स अध्यक्ष शुक्र लुङ्गेली मगर तथा बिधालयका प्रधानाध्यापक विष्णु कुमार कार्की लगायत गाउँका सम्पूर्ण पार्टीको विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको विधालयका शिक्षक अर्जुन थापा मगरले वताए ।

उक्त विधालयमा ५ जना दरवन्दी शिक्षक पाउने बिद्यार्थी भएर पनि जिल्लावाट शिक्षकको लागि कुनै चासो नराखेकोले शिक्षक राख्नको लागि नै अक्षयकोष स्थापना गर्नु परेको अक्षयकोष संयोजक केदार आले मगरले वताए ।

Leave a Reply