\
पक्राउराष्ट्रिय समाचार

मोरङमा लागुऔषध सहित १ जना पक्राउ

मोरङ, साउन १९ । मोरङको लेटाङ नगरपालिका-८ जाँते बाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कर्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले स्थानीय २८ बर्षीय मनोज कुमार मगरलाई ट्रामा- ३१६ ट्याब्लेट र डिकोलिक-३८८ ट्याब्लेट सहित आईतवार राती पौने ११ बजे पक्राउ गरेको हो ।

को २ ह ६१७४ नम्बरको टेम्पोमा सवार रहेका मगरलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त परिणामको लागुऔषध बरामद भए संगै टेम्पो, मानिस र लागुऔषध नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply